मेरो सानो आखाको नानीमा नै अटाउन सक्ने सानो गाउ छ | जुन माटोमा मैले आफ्नो लर्बराउदै गरेका खुट्टाहरुलाई बमेसर्दै टेक्न सिके ,यहाँ नै म रमाय , यहा नै खेले अनि यहि हुर्के | यहाका हरेक धुलो माटो संग मेरो नजिकको सम्बन्ध छ, यहाका प्रत्येक पात पतिन्गेरहरु मेरा सख संगिनीहरु हुन् | यहि नै मेरो गाउ हो, स्वर्ग भन्दा प्यारो लाग्ने मेरो प्यारो गाउ |
यहि गाउमा मेरा एउटा छिमेकी छन् २ छोरा १ छोरी सहित ५ जनाको सुखी परिवार जो गाउका नै मिलनसार अनि बौद्धिक व्यक्तिका रुपमा चिनिन छन | उनीहरुमा एक असल छिमेकीमा हुनुपर्ने सम्पूर्ण गुण छ |असल व्यवहार र कमले गर्दा गाउका नै गरिमा बनेका छन् यो शर्मा परिवार | शर्मा परिवारले एक मात्र छोरीको विवाह हिन्दु परम्परा अनुसार नजिकको गाउका एक प्रतिष्ठित व्यक्तिको घरमा आजभन्दा १० बर्ष अघि गरिदिएका थिए, विवाह सम्पन्न भए पछी छोरी पतिसंगै बस्दै थिन, तर केहि बर्ष पछी पारिवारिक कलहका कारण उनीहरु आफ्नो मूल घरबाट छुटीएर नजिकको शहरमा भाडा तिरी बस्न थाले | उनीहरुको सम्बन्ध मूल घरसंग त्यति राम्रो हुन सकेन, यस्तो अवस्थामा माइती तिर बाट पनि अब आफ्नै घरमा बस्नु पर्छ कति दिन भाडामा बस्ने हो भनि दबाब सुरु भयो तर श्रीमानले मानेनन र आखिर विदेश जाने निर्णयमा पुगे, एक्ली स्वास्नीलाइ भाडा कोठामा एक्लै छाड्नु भन्दा ससुरालीम छाड्ने निर्णय सहित स्वास्नीलाइ ससुराली छोडी श्रीमान् पैसा कमाऊन विदेशतिर लागे | श्रीमती सानो कम गर्दै माइती तिरै बस्न थालिन | उता श्रीमान् विदेश गएको केहि महिना त चिठी फोन हुदै थियो तर समय बदलिदै गयो अब विदेश गएको २/३ बर्ष बिती सक्यो श्रीमानको न चिठी छ न कुनै खबर श्रीमानले बिस्तारै उनलाई बिर्सिदै गए अनि उतै घरजम गरि बसे, यता श्रीमती भने कसैको नासोको रुपमा माइतीमै बस्दै गइन्, माइतीमै आफ्नो पहिलो सन्तानको पनि जन्म दिन | छोरा जति जति हुर्कदै थियो, गाउघरमा उनको चर्चा परिचर्चा पनि त्यतिनै हुन थलो सधै माइतीकै घरमा बस्न अब उनलाई मन लग्न छाड़ो तर एउटा अवला नारीले के नै गर्न सक्थिन र बस विवस माइतीको आखाको कसिंगर बनेर बस्नु सिवाय | माइतीले केटा पक्षकालाइ बिन्ति गरे जिम्मा लिदिना तर सम्भब रहेन अनि अन्तिम बिकल्प छोरीलाई दोश्रो विवाहका लागि सल्लाह दिए तर छोरीले आफ्नो भाग्यमा नै यहि रहे छ भनि दोश्रो विवाहको प्रस्ताव अश्विकार गरिन र एउटा जिउदो श्रीमानकी बिधुवा पत्नी सरह बच्न बाध्य बनिन|
कस्तो कर्म आफ्नो श्रीमान जीवित रहदा रहदै पनि बिधुवा बन्नु पर्ने, सिधुर पोते गलामा सजाएर हिड छिन, त्यो कसको लागि ? हरेक तीजमा बर्त राख्छिन खै कसको लागि ? उसको लागि ? जसले उनलाई सधैको लागि बिर्सिएर एउटा अर्कै नया जीवन सुरु गरेको छ | धिक्कार छ त्यसलाई जसले एउटा जीवित श्रीमानकी बिधुवा पत्नी उसलाई बनाई आफु नया जीवन सुरु गरेको छ | उसले त दुख सुख जीवन बिताउला तर त्यो अवला नारीले ? के उसलाई यो समाजले बच्न देला ? उसका हरेक पैलाहरुमा प्रश्न चिन्नहरु खडा गर्ने छन् | बिचारी तिनको जीवन एउटा खुकुरीको अचानो भएर बाच्नु परेको छ | तर उसले बाच्नु पर्छ, उनि जस्तै हाम्रो समाजमा बसेका छोरी चेलीका लागि भोलि एउटा उदारण बन्नु छ | सायद त्यसैले होला उनि बाची रहेकी छिन अहिले पनि एउटा ठुलो समुन्द्रको छाल छाती भित्र लिएर ..... हेर्दा बाहिर मुसु मुसु हासे पनि...... मेरो २ हातको सलाम तिमि लै .....