कालो झ्याप मुख मुन्तिर झुस्स परेको दारी
तर गहना भैस पुरुषको झैँ महिलाको साडी
कसैको चुस्स कसैको झ्याप रुप थरिथरि तेरो
नेता सब कन ऋषिमुनिलाइ लैस तैले फेरो
हेर्दा अजङ्ग डरलाग्दो पन बालबच्चा सब भयभित
संसारै तेरो वसमा पारिस दुनियानै पर्यो चकित
स्वभावै तेरो चिलाउने बानी कनाउछन् नंग्रा गाडी
सहन नसकी चीलाईकन फेरी पुन हातले माडी
काटे फेरी आइस पलाइस फेरी दुइ गुना
नमर्यो जरा तेरो न कैले मर्यो मुना
त कालो बाहिर झन् कालो बितर
कालै कालो पन देखाइस रहिस सधै कातर
What are the benefits of using a local company for content creation
-
The benefits of hiring a local digital marketing agency to create your
content are very clear. Language, expression and how it is conveyed differs
in ever...
9 years ago
दारीको बिषयमा त हजुरले पुराण नै लगाउनु भएछ | हो त नि, दारीको अस्तित्वको लागि कत्रा कत्रा लडाई भै रहेका छन् | अनि कसै कसैलाइ चै सार्है सुहाउने, कसै कसै लाइ चै बिरूप देखाउने, जति काट्यो उति पलाउने, कहिले नमर्ने, कस्तो गज्ज़ब त दारी !!
ReplyDelete