जीवित श्रीमानकी बिधुवा पत्नी


मेरो सानो आखाको नानीमा नै अटाउन सक्ने सानो गाउ छ | जुन माटोमा मैले आफ्नो लर्बराउदै गरेका खुट्टाहरुलाई बमेसर्दै टेक्न सिके ,यहाँ नै म रमाय , यहा नै खेले अनि यहि हुर्के | यहाका हरेक धुलो माटो संग मेरो नजिकको सम्बन्ध छ, यहाका प्रत्येक पात पतिन्गेरहरु मेरा सख संगिनीहरु हुन् | यहि नै मेरो गाउ हो, स्वर्ग भन्दा प्यारो लाग्ने मेरो प्यारो गाउ |
यहि गाउमा मेरा एउटा छिमेकी छन्  २ छोरा १ छोरी सहित ५ जनाको सुखी परिवार जो गाउका नै मिलनसार अनि बौद्धिक व्यक्तिका रुपमा चिनिन छन | उनीहरुमा एक असल छिमेकीमा हुनुपर्ने सम्पूर्ण गुण छ |असल व्यवहार र कमले गर्दा गाउका नै गरिमा बनेका छन् यो शर्मा परिवार | शर्मा परिवारले एक मात्र छोरीको विवाह हिन्दु परम्परा अनुसार नजिकको गाउका एक प्रतिष्ठित व्यक्तिको घरमा आजभन्दा १० बर्ष अघि गरिदिएका थिए, विवाह सम्पन्न भए पछी छोरी पतिसंगै बस्दै थिन, तर केहि बर्ष पछी पारिवारिक कलहका कारण उनीहरु आफ्नो मूल घरबाट छुटीएर नजिकको शहरमा भाडा तिरी बस्न थाले | उनीहरुको सम्बन्ध मूल घरसंग त्यति राम्रो हुन सकेन, यस्तो अवस्थामा माइती तिर बाट पनि अब आफ्नै घरमा बस्नु पर्छ  कति दिन भाडामा बस्ने हो भनि दबाब सुरु भयो तर श्रीमानले मानेनन र आखिर विदेश जाने निर्णयमा पुगे, एक्ली स्वास्नीलाइ भाडा कोठामा एक्लै छाड्नु भन्दा ससुरालीम छाड्ने निर्णय सहित स्वास्नीलाइ ससुराली छोडी श्रीमान् पैसा कमाऊन विदेशतिर लागे | श्रीमती सानो कम गर्दै माइती तिरै बस्न थालिन | उता श्रीमान् विदेश गएको केहि महिना त चिठी फोन हुदै थियो तर समय बदलिदै गयो अब विदेश गएको २/३ बर्ष बिती सक्यो श्रीमानको न चिठी छ न कुनै खबर श्रीमानले बिस्तारै उनलाई बिर्सिदै गए अनि उतै घरजम गरि बसे, यता श्रीमती भने कसैको नासोको रुपमा माइतीमै बस्दै गइन्, माइतीमै आफ्नो पहिलो सन्तानको पनि जन्म दिन | छोरा जति जति  हुर्कदै थियो, गाउघरमा उनको चर्चा परिचर्चा पनि त्यतिनै हुन थलो सधै माइतीकै घरमा बस्न अब उनलाई मन लग्न छाड़ो तर एउटा अवला नारीले के नै गर्न सक्थिन र बस विवस माइतीको आखाको कसिंगर बनेर बस्नु सिवाय | माइतीले केटा पक्षकालाइ बिन्ति गरे जिम्मा लिदिना तर सम्भब रहेन अनि अन्तिम बिकल्प छोरीलाई दोश्रो विवाहका लागि सल्लाह दिए तर छोरीले आफ्नो भाग्यमा नै यहि रहे छ भनि दोश्रो विवाहको प्रस्ताव अश्विकार गरिन र एउटा जिउदो श्रीमानकी बिधुवा पत्नी  सरह बच्न बाध्य बनिन|
  कस्तो कर्म आफ्नो श्रीमान जीवित रहदा रहदै पनि बिधुवा बन्नु पर्ने, सिधुर पोते गलामा सजाएर हिड छिन, त्यो कसको लागि ? हरेक तीजमा बर्त राख्छिन खै कसको लागि ? उसको लागि ? जसले उनलाई सधैको लागि बिर्सिएर एउटा अर्कै नया जीवन सुरु गरेको छ | धिक्कार छ त्यसलाई जसले एउटा जीवित श्रीमानकी बिधुवा पत्नी उसलाई बनाई आफु नया जीवन सुरु गरेको छ | उसले त दुख सुख जीवन बिताउला तर त्यो अवला नारीले ? के उसलाई यो समाजले बच्न देला ? उसका हरेक पैलाहरुमा प्रश्न चिन्नहरु खडा गर्ने छन् | बिचारी तिनको जीवन एउटा खुकुरीको अचानो भएर बाच्नु परेको छ | तर उसले बाच्नु पर्छ, उनि जस्तै हाम्रो समाजमा बसेका छोरी चेलीका लागि भोलि एउटा उदारण बन्नु छ | सायद त्यसैले होला उनि बाची रहेकी छिन अहिले पनि एउटा ठुलो समुन्द्रको छाल छाती भित्र लिएर ..... हेर्दा बाहिर मुसु मुसु हासे पनि...... मेरो २ हातको सलाम तिमि लै .....

गुरु हौ आखा सबैका


पथ भुलेकालाइ बाटो देखाउने, गुरु हौ आखा सबैका
संसार देखि परमधाम जोड्ने, गुरु हौ सेतु सबैका

अज्ञानतालाइ ज्ञानको ज्योति, आत्माको शुद्धी गर्ने
एक आपसमा प्रेम भाव राख्दै, सबैमा प्रेम भर्ने
घोर अन्धकारमा प्रकास दिने, गुरु हौ ज्योति सबैका
संसार देखि परमधाम जोड्ने, गुरु हौ सेतु सबैका

मायामोहको संजाल फ्याकी, संसारी मोहलाइ तोड्ने
यो त मायाको खेल हो भन्दै, बाटो मुलमिलावाको  खोल्ने
बिच भवारबाट सगर तर्ने, गुरु हौ माझी सबैका
संसार देखि परमधाम जोड्ने, गुरु हौ सेतु सबैका

मेरो नजरमा बैदेशिक रोजगार


देशको असमान राजनीतिक अवस्था लुछा चुडीका कारण देशका कयौ दक्ष जनसक्ति बिदेसी रहेका छन् | बिदेसिने यो क्रम दिन गुना रात चौगुना भैरहेको | बिशेष गरेर ग्रामिण क्षेत्रका त्यस्ता युवाहरुको विदेशिने चाप बढेर गएको |
  भोलिका देशका कर्णधार, राज्यसत्ता संचालन गर्न सक्ने बौद्धिक क्षमता भएका यी युवाहरु यसरि नै बिदेसिने बिदेशप्रतिको मोहमा फस्ने हो भने भोलिको नेपाल अझै जर् जर् जटिल अवस्थामा नपुग्ला भन्न सकिन्न |यसकालागी सम्बन्धित निकायले समयमै विचार पुराउन जरुरि | साथै त्यस्ता कार्यक्रमहरुको शुरुवात पनि गर्नु पर्ने देखिन्छ जसले यो बिदेसिने क्रमलाई केहि हद सम्म कम गरोस दक्ष जनसक्ति विदेश पलायन हुनबाट जोगिउन | यहि बिषय बस्तुको सेरोफेरोमा मैले भोगेका केहि महत्वपुर्ण कुराहरु जुन तपाईहरुका लागि उपयोगी हुन सक्छ मैले यहाँ राख्ने जमर्को गरेको छु |
किन बिदेशिन छन युवाहरु
   बिशेषत ग्रामिण क्षेत्रका युवाहरु जो माध्यमिक तह सम्मको अध्ययन सकेका अनि आफ्नो आर्थिक कठिनाई र अन्य कारणले पढाईलाइ निरन्तरता दिन नसकेका, अन्य कुनै साना व्यवसाय गर्न प्रति रुची नराख्ने, छोटो समयमा धेरै पैसा कमाउने सपना, अन्य व्यवसाय प्रतिको सामाजिक दृष्टिकोण, पढे पछी सानो काम अथवा हलो जोत्नु हुन्न भन्ने कथित् मानसिकता कै कारण प्राय ग्रामिण भेगका युवाहरु विदेशिने गर्छन | यी मात्र नभएर अन्य व्यवहारिक कारणले गर्दा पनि युवा विदेश पलायन हुने क्रम बढ्दो छ | माओबादी जानयुद्ध ताका यहि युद्धका कारणले पनि कति विवस र बाध्यतामा चाहदा नचाहदै बेदिशिये तर अहिले युद्धका कारणले विदेशिने परिस्थिति देशमा छैन जे भए पनि युद्दको चपेटा बाट देशले केहि राहत लिएको छ बदलिदो राजनीतिक अवस्थाका कारणले तर पनि समग्रमा विदेश पलायन हुने क्रम घटेको छैन बढ्दोमा छ |
 बैदेशिक रोजगारका लागि आउन लग्नु भएका साथीहरु
 बिदेशमा गइ धेरै पैसा कमाउ छु आफ्नो सुन्दर भबिष्य बनाउछु भनि बैदेशिक रोजगारका लागि तयारी गरिरहनु भएका साथीहरु, तपाईहरुले जस्तो सोचेको यहाँ आउने बित्तिकै रुखबाट पात टिपेझैँ यहाँ पैसा अवस्य नै टिप्न पाउनु हुने छैन | यहाको आफ्नै कथा व्यथा र चित्कारहरु छ | तपाईहरुले जसरि सरलरुपमा मोटो रकम प्राप्त गरुला बिदेस गएपछि भन्ने भ्रम पाल्नु भएको छ, त्यति सजिलो बास्तवमै छैन | राम्रो कम्पनिमा राम्रो कम भाग्यबस पाउनु भयो भने केहि सरल होला तर अधिकांस कम्पनीहरु बिशेष खाडी मुलुकहरु जहाँ नेपालीहरु कम गर्छन  त्यहाँको नेपाली दाजु भाईहरुको आत्मा कथाको दृश्य सारै हृदयस्पर्शी छन् |कयौ महिना देखि कम गरेर तलब नपाएको घटना देखि बैदेशिक रोजगारका लागि यहाँ आइ ऐर पोट बाटै फिर्ती भएका, बसोबास, खानपिना को व्यवस्था प्रतिको असजिलो, कम गर्ने क्षेत्र, अत्यधिक गर्मि, घटना दुर्घटना, कमको भाषाको अज्ञानता यहाँ को सामाजिक रहनसहन र धर्म सस्कृतिको अज्ञानताका कारण नेपाली दाजु भाईहरुले भोगिरहेका पिडालाइ हेर्ने हो भने कहिँ कतै चित्त बुझाउने ठाउँ छैन तर पनि हजार पिडा कन्दन बोकेर साहुको ऋण कति आएको बिदेसी चाख ऋण चुक्ता नहुन्जेल सम्म "मुटुमाथि डुंगा राखी " गीतकै शैलीमा बस्न बाध्य छन् |
 त्यसर्थ जतिपनि साथीहरु विदेश गएर मोटो रकम कमाउ छु भन्ने सपना बोकेर राजधानीका मेनपावर बाटा गल्लि चरी रहनु भएको छ, तपाईहरुलाई के सुझाव दिन चाहन्छु भने, आझै आफ्नो कुम्लो कुटिरो कस्नु होस्  र आफ्नो घर लग्नुहोस्|आफ्नै गाउ घरमा खेतीपाती गर्नुहोस, खेत जमिन छैन भने सानो व्यवसाय सुरु गर्नुहोस विदेश जान  लगानी गने पैसा र त्यहाँ सिंचित गर्ने पसिनाले आफनी देशमा दुए गुना मुनाफा गर्न सक्नु हुने छ| कामलाई आधुनिकरण गर्नुहोस, नया नौला खालका साना उधोगको निर्माण गर्नुहोस यसैमा तपाईहरुको भलो छ | तर जसले लगानी गरिसके को छ वा नगई छाडदिन भन्नु हुन्छ ति साथीहरुले पनि आउनु भन्दा पहिला सहि कम्पनीको पहिचान गर्नुहोस यसकालागी आफुले चिनेका आफु जादै गरेका मुलुकमा काम गर्ने साथीहरुलाइ कम्पनीको बारेमा पूर्ण रुपमा जानकारी लिनु होस् | आउदा बिशेष फ्री भिसा र अधिकारिक मेनपावरबाट मात्र आउनु होस् येसो गर्दा पैसा धेर नलाग्ने र पछी कुनै समस्या भए कानुनी कारवाही गर्न सहज हुने छ |कुनै न कुनै शिप सिकेर मात्र आउनु होला बिना शिप बिदेशमा केहि काम छैन ,एउटा कुनै काममा दक्ष नबनी कहिले विदेश नहिड्नु होला |
 बिदेशमा आइ काम गरिरहनु हुने साथीहरुका लागि
 जो बैदेशिक रोजगारका लागि आएर बिदेशमा काम गरिरहनु भएको छ, तपाईहरु आफ्नो ठाउँबाट आफ्नो जिम्मेवारी कम्पनीले दिए अनुसार पुरागर्नुहोस | नेपाली नेपालीबीच सम्पर्क राख्नुहोस, आफ्नो आफ्नो भोगाई एक अर्का प्रति आदान प्रदान गर्ने बानीको बिकाश गर्नुहोस |बिशेष गरेर आफ्नो देशको भाषा सस्कृतिको जगेर्ना संरक्ष्ण विदेश बसेर भएपनि आफ्ना हरेक चाड पर्व उत्सवहरुलाई आफु बसेको देशको कानुन भित्र रहेर मनाउने गरौ |कम्पनीमा काम गर्दा अति होशियारका साथमा सुरक्षित भै वाफदारीका साथ पुरागरु |गलत काम कहिले नगर्नुहोस, एक नेपालीको गलत कामले सम्पूर्ण ३ करोड नेपालीले शिर निउराउनु पर्ने हुन्छ र तपाई एक जना को राम्रो कामले भोलि बैदेशिक रोजगारका लागि आउने भावी पिडिका लागि जगको काम गर्ने छ | हिजो सम्म नेपालीहरु अदक्ष हुन्छन भन्ने बैदेशिक रोजगारदाताहरुको मानसिकता आज यहाँ आइ इमान्दार संग काम गरि दक्ष बनि रहेका हाम्रै दाजु भाईहरुको कारणले  बिस्तारै परिवर्तन हुदै जादै छ  त्यसैले अहिले राम्रा राम्रा कम्पनीहरुले पनि नेपालीहरुलाई राम्रा राम्रा अवसरहरु प्रदान गरिरहेका छन् | बिदेशमा आइ काम हर्ने पुराना नेपाली दाजु भाईहरुकै राम्रो कामको कारण यो सम्भव भएको हो | गलत पदार्थ को सेवन नगर्नुहोस अनि अन्तिममा  मैले आफ्नो सम्पूर्ण ब्यवारिक बन्दोवस्त मिलाई आखिर एकदिन नेपालनै जानु पर्छ भन्ने मूल मन्त्रलाई कहिले नाभुलु श्रमको सम्मान गर्न सिकौ, बिदेशमा भएपनि आफ्नो राष्ट्यका लागि चिन्तित बनु अनि जहिले देशको नाम उच्च राखु | नया नौलो शिपको ज्ञान लिउ र बिदेशमा सिकेका नया शिप कलालाइ आफ्नो देशमा लागि देश निर्माणमा सहयोग गरु | यसैमा हामी सबैको भलो छ | सबैलाइ चेतना भय |

तर पनि असमानता किन यत्रो ?


यहाँ हामी चिल्लो पिचको, चिल्ला गाडीमा गुडीरहदा
त्यहाँ उनीहरु कहाली लाग्दो उकालोमा, सुस्केरा हाल्दै हिडिरहेका हुदाहुन

यहाँ हामी सु-सुगन्धित बासमती चामल चपाई रहदा
त्यहाँ उनीहरु कुहेका मकैको भातमा, सिस्नोको झोल हालिरहेका हुदाहुन

यहाँ हामी सुकिला पोशाकमा सु शोभित हुदा
त्यहाँ उनीहरुका कठंग्रिलो जाडोले, नग्न शरीरको रौ ठाडिरहेका हुदाहुन

यहाँ हामी सुबिधा सम्पन्न शैक्षिक सस्थामा पढीरहदा
त्यहाँ उनीहरु कमेरो माटोको साहारामा, अमुर्त अक्षरहरु कोरिरहेका हुदाहुन

यहाँ हामी विधुतीय टेलिभिजनका पर्दामा चिहाइ रहदा
त्यहाँ उनीहरु टुकी र धिप्रीका साहारामा. अन्धरो रातसंग पौढाजोरी खेलीरहेका हुदाहुन

कत्ति फरक छ त्यहाँ र यहाँ, फरक छ जमिन आकाशको
समय एउटा, प्रकिति एउटा, तर पनि असमानता किन यत्रो ?
कविता संग्रह

असल सन्तान बनाउन त्यस परिवारकी महिला शिछित हुन जरुरि छ :


महिला देशका आधा असल सन्तान बनाउन त्यस परिवारकी महिला शिछित हुन जरुरि छ :
आकास ओगटेका जो हाम्रो समाज परिवर्तन परिमार्जनका निमित कोशे ढुंगा हुन् | समाजका हरेक लिंग वर्ग शिछित नबनी समाजलाई उन्नति तर्फ उन्मुख गराउन सकिन्न | त्यसमा पनि बिषेस महिलाहरुलाई अनिवार्य रुपमा शिछित बनाउनै पर्छ | सदियौ देखि जमेर बसेको कथित् धार्मिक परम्परा सस्कारहरु जो महिला शोषण गर्न अप्रत्यछ रुपमा अभिप्रेरित गरिरहेका छन | त्यस्ता सस्कार हरुलाई शिछा रुपी ज्योति फिजाई उन्मुलन नगरी लंगिग विभेद समान सामाजिक हैसियतको कल्पना पनि गर्न सकिन्न | महिलाहरुमा देखिने जुन विभेद यो परापुर्व काल देखि चलीआएको हो, महिलाहरुलाई पुरुषहरुले दमन, शोसन अत्याचार गर्न हामीलाई हाम्रै कथित्  धर्मशास्त्रहरुले अप्रत्छरुपमा प्रोत्साहित गरे , जसको चपेटामा परेर महिलाहरुले आफ्नो लंगिग अधिकारको रछा गर्न सकेन् मानव समाजको उत्पति भए यता देखि नै महिला सधै पछीनै परे, अरुको भरौटे नै बने | महिलालाइ सधै अरुको रखेल यौन सन्तुष्टिका साधन दास मात्रै बनाइयो| जसको फलस्वरूप समाज जुन गतिमा अघि बढ्नु पर्ने थियो त्यसो हुन सकेन धेरै पछाडी पर्यो | जब सम्म समाजमा लंगिग विभेद जस्ता अति संक्रिन सोच रहिरहन्छ, तब सम्म त्यो समाज आर्थिक सामजिक राजनीतिकरुपमा अघाडी बढ्न सक्दैन | यो सत्यतालाइ पश्चिमा मुलुकहरुले धेरै अघि बुझे, जसको कारण उनिहरु अहिले हाम्रो तुलनामा धेरै अघि गैसकेक छन, हामी अझै आत्मसात गर्न सकिरहेका छैनौ हाम्रो दिनहु अधो गति जादो | यस कारण पनि समाजमा रहेको लंगिग असमनता को दहसस्कर गरनै पर्ने हुन्छ | महिलाहरु हरेक रुपमा पुरुष समान हुन्छन (लिंगको भिनाता बाहेक ) उनिहरु मानसिक, शररिकरुपमा बराबर छन केहि अपबाद बाहेक तर त्यस्लाई हाम्रो समाजले स्वीकार्न चाहन्न नत राष्ट्यले नै, महिलालाई घरको चौघेरा भित्रकी रानी बनाएर राख्ने काम हाम्रै कथित् समाजले गरेका हुन् | महिलालाई सबै अवसरबाट बन्चित गराइन् बिभित कारण देखाई तर यस कुराको फाइदा नेपालमा माओबादी पार्टीले रामरी लियो जनयुद्धकालमा | उनीहरुले आफ्नो शैन्य दस्तामा बिषेस महिला हरुलाई पनि प्रयोग गरे देशका शाषकहरुलाई देखाई दिए महिलाहरु पनि पुरुष भन्दा मानसिक सररिक रुपमा फरक हुन् भनेर भनिन माओबादी जनान्दोलन ताका ४०% महिला शैन्य दस्तामा पुरुष बराबर लडेका थिए रे,सायद त्यसै को प्रतिफल हुनु पर्छ पछी नेपाली शेनाले पनि महिलाहरुका लागि फर्ना खोल्यो| यहाँ कसले कति महिलाहरुलाई शैन दस्तामा प्रयोग गरे अनि त्यहाँ भित्रका रोदन, चित्कार उनि हरुको हैसियत को कुरा उठाउन खोजिएको हो कसैलाई समर्थन बिरोध नै गर्न खोजिएको हो \ यति मात्र प्रमाणित गर्न खोजिएको हो कि सहि अवसर मिले महिला पनि पुरुष हरु भन्दा काम छैन | अब महिला सहस, सामर्थ्य नेत्रित्वोकारी भूमिका कै कुरा गर्दा संसारका धेरै त्यस्ता महिला पात्रहरु छन जसले पुरुषप्रधान सोचहरुलाई तमाचा हान्ने मात्र काम गरेनन संसारलाई नै थर्कमान बनाए, ति विश्वकै पहिली महिला बैज्ञानिक मेडम क्युरी किन नहोस अथवा भारतकी प्रथम महिला प्रधानमन्त्रि इन्धिरा गान्धी नै, शान्ति नोवल पुरुस्कार बिजेता मदर टेरेसा देखि लिएर नेपालकी प्रथम मन्त्रि द्वारिका ढकुरानी सम्मले अप्रत्यासित काम गरे देखाई दिए जो सामान्य पुरुषहरुले पनि गर्न सकेका छैन | कहिले कहिँ महिला आराछानको कुरा पनि उड्ने गर्छ  तर महिला आराछान भन्दा पनि उनि हरुलाई पुरुष समान रुपमा त्यस छेत्र सम्म पुग्न सहि वातावारणको आवश्यकता | जब सम्म आराछानका मात्र कुरा गरिन्छ महिला सस्क्तिकारण हुन सक्दैन, उनि हरुलाई पुरुष समान काम गर्न सक्ने सामाजिक हैसियत त्यहिँ अनुकुलका कार्यक्रम हुनु पर्छ त्यसर्थ महिला हरुले पनि पराजित मानसिकतालाइ त्यागेर आराछान भन्दा पनि महिलाहरुलाई बढी भन्दा बढी शिछित बनाउन तिर ध्यान दिन जरुरि

खोज्दै छिन तिमि नै

धेरै बग्यो खुन पसिना, मलाहा र लाहुरमा
त्यहाँ बाझै छ खेतका गहरा, त्यो लेक बेसीमा 
जन्मभूमिको ऋणलाइ बिर्सी, नभुलु डलर मै 
अब त फर्क भन्दै छिन देश, खोज्दै छिन तिमि नै 

जहाँ टेक्यौ पाइलाहरु, थापिन आफ्नै शिर यिनले 
तड्पिएर प्यास लाग्दा, नदी बनि बागिन यिनले 
कर्म दिन आमा बनि, भोको पेटलाई अन्न दिइन् 
नग्न शरीर आफ्नो बनाई, ओड्न लाइ कम्बल दिन 
फुलाउन खोजिन सुन्दर फुल, न झर बनि पत्कर झैँ 
अब त फर्क भन्दै छिन देश, खोज्दै छिन तिमि नै 

पसिना बग्यो अर्कैका लागि, देश त रुखै छ 
आफु त तिमि रसिलो बन्यौ, देश त सुखै छ 
पैसाका लागि पराइ देशमा, कतिन्जेल बच्ने हो ?
मरेर जादा सम्पति सारा, न साथमा जाने केहि हो 
अवश्य आउछ भनेर बाटो, कुर्दै छिन तिम्रो नै 
अब त फर्क भन्दै छिन देश, खोज्दै छिन तिमि नै 



चोखो माया

चोखो माया तिमि मलाई, देखाउन कहाँ सक्थियौ
धेरै खोज्यौ लुकाउनलाइ, लुकउन कहाँ सक्थियौ

बाहिर धेरै हास्थियौ तिमि, भित्र भित्रै रुनथियौ
बोल्ने इच्छा लुकाएर, बोलि भित्रै थुन्थियौ
एकोरिएरा एकान्तमा, सपना धेरै बुन्थियु
कल्पनामा तिमि सधै, मेरो साथै हुन्थियौ

विवस भै साथी माझ, कहिले मुख खोल्थियौ
फेरी झट सम्झिएर आफ्नै हात पोल्थियौ
आखाभरि आशु लि, सधै तिमि रुन्थियौ
तिमि छेउ मा आउदा, नाचिने झैँ हुन्थियौ

मेरो दारी

कालो झ्याप मुख मुन्तिर झुस्स परेको दारी
तर गहना भैस पुरुषको झैँ महिलाको साडी

कसैको चुस्स कसैको झ्याप रुप थरिथरि तेरो
नेता सब कन ऋषिमुनिलाइ लैस तैले फेरो

हेर्दा अजङ्ग डरलाग्दो पन बालबच्चा सब भयभित
संसारै तेरो वसमा पारिस दुनियानै पर्यो चकित

स्वभावै तेरो चिलाउने बानी कनाउछन् नंग्रा गाडी
सहन नसकी चीलाईकन फेरी पुन हातले माडी

काटे फेरी आइस पलाइस फेरी दुइ गुना
नमर्यो जरा तेरो न कैले मर्यो मुना

त कालो बाहिर झन् कालो बितर
कालै कालो पन देखाइस रहिस सधै कातर

मित्रहरुमा हार्दिक अनुरोध !

मित्रहरु,
नमस्ते !
१) ASSET, India ले सयौ यौन पेशाकर्मी तथा बेचिएका नेपाली चेलीहरुलाई अङ्ग्रेजी भाषा र कम्प्युटर तालिम दिंदै रोजगारीको खोजी गरिरहेको रहेछ । 
२) ASSET, India भन्ने संस्था exiht-international-ending-exploitation-and-human-trafficking भन्ने संस्थाको partner organisation हो । संस्थाले अहिले फेसबुक मत प्रतियोगितामा भाग लिएको रहेछ ।
३) निकट भविष्यमा संस्थाले नेपालमा पनि सेवा प्रारम्भ गर्नसक्ने कुरा संस्थाका कार्यकारी निर्देशक उमाशंकर रायले हामीलाई जानाकारी दिनुभएको छ ।
४) तपाई हाम्रो १ भोटले हजारौ नेपाली चेलीबेटीको भविश्य उज्ज्वल बन्नसक्नेछ ।

त्यसैले म ती बेचिएका र अनिश्चित भविश्यको कालो कोठीमा छट्पटाइरहेका नेपाली दिदीबहिनीहरुका लागि केही गर्न सकिन्छ कि भने सोचकासाथ यहाँसमक्ष यो अनुरोध पेश गरेको छु । विश्वास छ, यहाँले आफ्नो अमूल्य मत दिनु हुने नै छ ।

भोट दिने प्रक्रिया :
---------------------------
१) यो लिङ्क http://apps.facebook.com/chasecommunitygiving/charities/263850550-exiht-international-ending-exploitation-and-human-trafficking मा क्लिक् गर्नुहोस् । 
२) देखिएको पेजमा ''Get started to vote'' मा क्लिक् गर्नुहोस् ।
३) अब देखिएको (request for permission) पेजमा ''allow'' क्लिक् गर्नुहोस् ।
४) अब Like chase community giving पेज देखिन्छ त्यहाँ ''like'' क्लिक् गर्नुहोस् र ''close'' क्लिक् गर्नुहोस् ।
५) अन्तमा, पेजको तल तपाईको नाम देखिन्छ, त्यसको बायाँतिर देखिने submit मा क्लिक् गर्नुहोस्, तपाईको भोट exiht-international-ending-exploitation-and-human-trafficking ले प्राप्त गर्नेछ ।

(कृपया भोट दिनुभएपछि मलाई भोट दिएको जानाकारी दिनुभएमा आभारी हुनेछु । अरु साथीहरुलाई पनि यो म्यासेज पठाएर र अनुरोध गरेर भोट दिनका लागि अनुरोध गर्नुहुन समेत म अनुरोध गर्दछु । 

- धर्मेन्द्र खड्का दोहा, कतार  E-mail   udgaralbum@gmail.com  http://udgaralbum.blogspot.com/  And  http://chetananepal.blogspot.com/

- नेपाली चेली जया पनि बोलेकी छिन् यो भिजुअलमा : http://www.youtube.com/watch?v=wph6svsGPzU

दुखैमा हासे सुखको मौसम पर्दैन पर्खिन

जीवनमा कहिले अशुहरु हासो बिनै झर्छ
अमुल्य जीवन व्यर्थ बिताई आखिर एकदिन मर्छ
मर्नु नै मात्र जीवन भए पशु पनि ता मर्छ
मनुष्य भएको के अर्थ भो दैव!छक्क पर्छ

मर्नु र मर्नु जीवन हैन जीवनको लछ्य पनि
संसारमा सधै जिवितै रहिन छ अटल अमर बनि
दुनियामा त्येही बन्दछ ज्ञानी हुद्छ त्यहिँ धनि
चादीको माटो सुनको बाला उमार्छ पौरखले खानी

तेन्जिंगलाइ कसले लगायो कर सगरमाथमा चढन
भक्ति थापालाई के को खाचो अगाडी बढी मर्न
बुद्धलाइ किन परेको हत्तार संसारमा शान्ति छर्न
सीतालाई कसको कर थियो आदर्श नारी बन्न

मानिसलाई सधै मानिस जस्तो व्यवहार गर्न सिक
आफ्नो सम्झे आफ्नै हुन्छ आफ्नो मान्न सिक
जीवन यस्तै धमिलो खोला नमान कहिले दिक्क
दुखमा पनि हास्न सिक सुखमा बन ठिक्क

दुखले सधै सुखको निम्तो आएको हुन्छ दिन
सायमी बनि लडदै जउ आउनेछ सुख कुनै दिन
परिछा हाम्रो जीवनभरी आउद छ दुख लिन
दुखैमा हासे सुखको मौसम पर्दैन पर्खिन

Shree Krishna Janmastami

Evey body has a birthday every year, you may say, why makes such a fuss about krishna's brithday. Why he is so special that you rush out and buy presents for him, take the day off work, fast all day from food and even water and spend the whole  day glorifying Him. Do you think He's God or somthing!?

Well, as a matter of fact, He is God. The "Supreme Personality of Godhead", to be exact. the fountainhead of all existence, the source of all creation and most of all..... the well wishing friend of all living bring. He loves us.
We buy each other gifts on our brithday and we do this as expressions of our love and affection. So why not do the same for Krishna. Our family and friend give us their affection and shelter you say, what is Krishna giving?Is He giving me love and affection? Just think for a moment. Who is supplying those nice sunny days, that beautiful beach, your food each day, your intelligence, even your own body

मेरो शब्द – मेरो गीत

जाऊ तिमी  हासी खुशी भै, तिम्रो  खुशीमा म मरो खुशी खोज्छु
न आउँन आशु  ति  दुइ नयनमा, तिम्रो आशुमा म मरो मृत्यु देख्छु

जीवनपथमा हरेक मोड आउछ, हरेक  मोडले नया रंग ल्यिऔछ्
स्वीकार ति हरेक आउने मोडलाई, जीवन त्यसै खुशी बीच छाउछ

न राख्नु मानमा अतितका यादलाइ, अतित भुत हो न फर्की आउछ .
फर्केर पछि नहेर्नु कहिले, त्येसले जीवनलाइ  डडेलो  लाओउछ .

सम्झौता हो जीवन एउटा, मनलाई समाली स्वीकार्न सिका .
चाहेको सबै  कसले पो  पाउछ, केहि  गुमाउदैमा नमान दिक्क

शीघ्र बजारमा आउदै छ ................






For more detail and promo song of album please visit   http://udgaralbum.blogspot.com/

Human Life And Its Importance




It is hard to carry on the family and social traditions when we are away from the our homeland but under the banner of shri krishna pranami association , it is a bit easier to continue and follow the part of The Master Mahamati Prannath. He gave a wonderful and great philosophy to the world. We would be loser if we do not take care of this asset given to us.

We always have a hard time when somebody asks us about Mahamati Prannath and his philosophy. This is we try to give small effort towards getting closer to the great treasure of the lord.

मेरो सब्द मेरो गीत


ध्वनीहरु मा गुन्जीएकी, मेरो मिठो प्रित हो तिमी
शब्द शब्दले सिङगरेएकी, मेरो मिठो गीत हो तिमी

औंलाहरु मा लटपटी दै, कलम बनी तिमी बग्छोउ
तिम्रै केश्को पानी झरी, मसी बनी शब्द पोख्छोउ
सुन्यतामा झन्कर भर्ने मेरो मिठो मित होउ तिमी
शब्द शब्दले सिङगरेकी , मेरो मिठो गीत होउ तिमी

मस्तिस्क हो मेरो तर, मान बनी तिमी सोच्छोउ
केवल सपना देख्ने मत, बिपन तिमी रोज्छोउ
मस्तिस्कमा ज्ञान भर्ने, मेरो ज्ञानको रित होउ तिमी
शब्द शब्दले सिङरेकी, मेरो मेठो गीत होउ तिमी
सब्द रचना - धर्मेन्द्र खडका, झापा नेपाल

मेरो अनुरोध

प्रिय, ब्लग अवलोकनकर्ता ज्युहरु,सर्बप्रथम ब्लग अवलोकन गरिदिनु भएको मा आभारी छु/ यो बिशुद्ध सामाजिक ब्लग हो, र यशमा आफ्ना सूचना संदेशहरु सभ्य शब्दमा लेखिदिइ सब्यताको परिचय दिनुहोला / तपाईहरुलाइ यो ब्लग कस्तो लग्यो ? सल्लाह र सुझावको लागि यो ठेगानामा सम्पर्क गर्नुहोला / धन्यवाद ... धर्मेन्द्र खड्का, मेचीनगर-१ धुलाबारी झापा, नेपाल Emil :- udgaralbum@gmail.com

अहिले नेपालको समय

ब्लग भ्रमण सूचक

आजको दिन

  © This blog Template is developed by http://samawartan.blogspot.com/ 2010