खोज्दै छिन तिमि नै

धेरै बग्यो खुन पसिना, मलाहा र लाहुरमा
त्यहाँ बाझै छ खेतका गहरा, त्यो लेक बेसीमा 
जन्मभूमिको ऋणलाइ बिर्सी, नभुलु डलर मै 
अब त फर्क भन्दै छिन देश, खोज्दै छिन तिमि नै 

जहाँ टेक्यौ पाइलाहरु, थापिन आफ्नै शिर यिनले 
तड्पिएर प्यास लाग्दा, नदी बनि बागिन यिनले 
कर्म दिन आमा बनि, भोको पेटलाई अन्न दिइन् 
नग्न शरीर आफ्नो बनाई, ओड्न लाइ कम्बल दिन 
फुलाउन खोजिन सुन्दर फुल, न झर बनि पत्कर झैँ 
अब त फर्क भन्दै छिन देश, खोज्दै छिन तिमि नै 

पसिना बग्यो अर्कैका लागि, देश त रुखै छ 
आफु त तिमि रसिलो बन्यौ, देश त सुखै छ 
पैसाका लागि पराइ देशमा, कतिन्जेल बच्ने हो ?
मरेर जादा सम्पति सारा, न साथमा जाने केहि हो 
अवश्य आउछ भनेर बाटो, कुर्दै छिन तिम्रो नै 
अब त फर्क भन्दै छिन देश, खोज्दै छिन तिमि नै 



मेरो अनुरोध

प्रिय, ब्लग अवलोकनकर्ता ज्युहरु,सर्बप्रथम ब्लग अवलोकन गरिदिनु भएको मा आभारी छु/ यो बिशुद्ध सामाजिक ब्लग हो, र यशमा आफ्ना सूचना संदेशहरु सभ्य शब्दमा लेखिदिइ सब्यताको परिचय दिनुहोला / तपाईहरुलाइ यो ब्लग कस्तो लग्यो ? सल्लाह र सुझावको लागि यो ठेगानामा सम्पर्क गर्नुहोला / धन्यवाद ... धर्मेन्द्र खड्का, मेचीनगर-१ धुलाबारी झापा, नेपाल Emil :- udgaralbum@gmail.com

अहिले नेपालको समय

ब्लग भ्रमण सूचक

आजको दिन

  © This blog Template is developed by http://samawartan.blogspot.com/ 2010