असल सन्तान बनाउन त्यस परिवारकी महिला शिछित हुन जरुरि छ :


महिला देशका आधा असल सन्तान बनाउन त्यस परिवारकी महिला शिछित हुन जरुरि छ :
आकास ओगटेका जो हाम्रो समाज परिवर्तन परिमार्जनका निमित कोशे ढुंगा हुन् | समाजका हरेक लिंग वर्ग शिछित नबनी समाजलाई उन्नति तर्फ उन्मुख गराउन सकिन्न | त्यसमा पनि बिषेस महिलाहरुलाई अनिवार्य रुपमा शिछित बनाउनै पर्छ | सदियौ देखि जमेर बसेको कथित् धार्मिक परम्परा सस्कारहरु जो महिला शोषण गर्न अप्रत्यछ रुपमा अभिप्रेरित गरिरहेका छन | त्यस्ता सस्कार हरुलाई शिछा रुपी ज्योति फिजाई उन्मुलन नगरी लंगिग विभेद समान सामाजिक हैसियतको कल्पना पनि गर्न सकिन्न | महिलाहरुमा देखिने जुन विभेद यो परापुर्व काल देखि चलीआएको हो, महिलाहरुलाई पुरुषहरुले दमन, शोसन अत्याचार गर्न हामीलाई हाम्रै कथित्  धर्मशास्त्रहरुले अप्रत्छरुपमा प्रोत्साहित गरे , जसको चपेटामा परेर महिलाहरुले आफ्नो लंगिग अधिकारको रछा गर्न सकेन् मानव समाजको उत्पति भए यता देखि नै महिला सधै पछीनै परे, अरुको भरौटे नै बने | महिलालाइ सधै अरुको रखेल यौन सन्तुष्टिका साधन दास मात्रै बनाइयो| जसको फलस्वरूप समाज जुन गतिमा अघि बढ्नु पर्ने थियो त्यसो हुन सकेन धेरै पछाडी पर्यो | जब सम्म समाजमा लंगिग विभेद जस्ता अति संक्रिन सोच रहिरहन्छ, तब सम्म त्यो समाज आर्थिक सामजिक राजनीतिकरुपमा अघाडी बढ्न सक्दैन | यो सत्यतालाइ पश्चिमा मुलुकहरुले धेरै अघि बुझे, जसको कारण उनिहरु अहिले हाम्रो तुलनामा धेरै अघि गैसकेक छन, हामी अझै आत्मसात गर्न सकिरहेका छैनौ हाम्रो दिनहु अधो गति जादो | यस कारण पनि समाजमा रहेको लंगिग असमनता को दहसस्कर गरनै पर्ने हुन्छ | महिलाहरु हरेक रुपमा पुरुष समान हुन्छन (लिंगको भिनाता बाहेक ) उनिहरु मानसिक, शररिकरुपमा बराबर छन केहि अपबाद बाहेक तर त्यस्लाई हाम्रो समाजले स्वीकार्न चाहन्न नत राष्ट्यले नै, महिलालाई घरको चौघेरा भित्रकी रानी बनाएर राख्ने काम हाम्रै कथित् समाजले गरेका हुन् | महिलालाई सबै अवसरबाट बन्चित गराइन् बिभित कारण देखाई तर यस कुराको फाइदा नेपालमा माओबादी पार्टीले रामरी लियो जनयुद्धकालमा | उनीहरुले आफ्नो शैन्य दस्तामा बिषेस महिला हरुलाई पनि प्रयोग गरे देशका शाषकहरुलाई देखाई दिए महिलाहरु पनि पुरुष भन्दा मानसिक सररिक रुपमा फरक हुन् भनेर भनिन माओबादी जनान्दोलन ताका ४०% महिला शैन्य दस्तामा पुरुष बराबर लडेका थिए रे,सायद त्यसै को प्रतिफल हुनु पर्छ पछी नेपाली शेनाले पनि महिलाहरुका लागि फर्ना खोल्यो| यहाँ कसले कति महिलाहरुलाई शैन दस्तामा प्रयोग गरे अनि त्यहाँ भित्रका रोदन, चित्कार उनि हरुको हैसियत को कुरा उठाउन खोजिएको हो कसैलाई समर्थन बिरोध नै गर्न खोजिएको हो \ यति मात्र प्रमाणित गर्न खोजिएको हो कि सहि अवसर मिले महिला पनि पुरुष हरु भन्दा काम छैन | अब महिला सहस, सामर्थ्य नेत्रित्वोकारी भूमिका कै कुरा गर्दा संसारका धेरै त्यस्ता महिला पात्रहरु छन जसले पुरुषप्रधान सोचहरुलाई तमाचा हान्ने मात्र काम गरेनन संसारलाई नै थर्कमान बनाए, ति विश्वकै पहिली महिला बैज्ञानिक मेडम क्युरी किन नहोस अथवा भारतकी प्रथम महिला प्रधानमन्त्रि इन्धिरा गान्धी नै, शान्ति नोवल पुरुस्कार बिजेता मदर टेरेसा देखि लिएर नेपालकी प्रथम मन्त्रि द्वारिका ढकुरानी सम्मले अप्रत्यासित काम गरे देखाई दिए जो सामान्य पुरुषहरुले पनि गर्न सकेका छैन | कहिले कहिँ महिला आराछानको कुरा पनि उड्ने गर्छ  तर महिला आराछान भन्दा पनि उनि हरुलाई पुरुष समान रुपमा त्यस छेत्र सम्म पुग्न सहि वातावारणको आवश्यकता | जब सम्म आराछानका मात्र कुरा गरिन्छ महिला सस्क्तिकारण हुन सक्दैन, उनि हरुलाई पुरुष समान काम गर्न सक्ने सामाजिक हैसियत त्यहिँ अनुकुलका कार्यक्रम हुनु पर्छ त्यसर्थ महिला हरुले पनि पराजित मानसिकतालाइ त्यागेर आराछान भन्दा पनि महिलाहरुलाई बढी भन्दा बढी शिछित बनाउन तिर ध्यान दिन जरुरि

मेरो अनुरोध

प्रिय, ब्लग अवलोकनकर्ता ज्युहरु,सर्बप्रथम ब्लग अवलोकन गरिदिनु भएको मा आभारी छु/ यो बिशुद्ध सामाजिक ब्लग हो, र यशमा आफ्ना सूचना संदेशहरु सभ्य शब्दमा लेखिदिइ सब्यताको परिचय दिनुहोला / तपाईहरुलाइ यो ब्लग कस्तो लग्यो ? सल्लाह र सुझावको लागि यो ठेगानामा सम्पर्क गर्नुहोला / धन्यवाद ... धर्मेन्द्र खड्का, मेचीनगर-१ धुलाबारी झापा, नेपाल Emil :- udgaralbum@gmail.com

अहिले नेपालको समय

ब्लग भ्रमण सूचक

आजको दिन

  © This blog Template is developed by http://samawartan.blogspot.com/ 2010