तर पनि असमानता किन यत्रो ?


यहाँ हामी चिल्लो पिचको, चिल्ला गाडीमा गुडीरहदा
त्यहाँ उनीहरु कहाली लाग्दो उकालोमा, सुस्केरा हाल्दै हिडिरहेका हुदाहुन

यहाँ हामी सु-सुगन्धित बासमती चामल चपाई रहदा
त्यहाँ उनीहरु कुहेका मकैको भातमा, सिस्नोको झोल हालिरहेका हुदाहुन

यहाँ हामी सुकिला पोशाकमा सु शोभित हुदा
त्यहाँ उनीहरुका कठंग्रिलो जाडोले, नग्न शरीरको रौ ठाडिरहेका हुदाहुन

यहाँ हामी सुबिधा सम्पन्न शैक्षिक सस्थामा पढीरहदा
त्यहाँ उनीहरु कमेरो माटोको साहारामा, अमुर्त अक्षरहरु कोरिरहेका हुदाहुन

यहाँ हामी विधुतीय टेलिभिजनका पर्दामा चिहाइ रहदा
त्यहाँ उनीहरु टुकी र धिप्रीका साहारामा. अन्धरो रातसंग पौढाजोरी खेलीरहेका हुदाहुन

कत्ति फरक छ त्यहाँ र यहाँ, फरक छ जमिन आकाशको
समय एउटा, प्रकिति एउटा, तर पनि असमानता किन यत्रो ?
कविता संग्रह

No comments:

Post a Comment

मेरो अनुरोध

प्रिय, ब्लग अवलोकनकर्ता ज्युहरु,सर्बप्रथम ब्लग अवलोकन गरिदिनु भएको मा आभारी छु/ यो बिशुद्ध सामाजिक ब्लग हो, र यशमा आफ्ना सूचना संदेशहरु सभ्य शब्दमा लेखिदिइ सब्यताको परिचय दिनुहोला / तपाईहरुलाइ यो ब्लग कस्तो लग्यो ? सल्लाह र सुझावको लागि यो ठेगानामा सम्पर्क गर्नुहोला / धन्यवाद ... धर्मेन्द्र खड्का, मेचीनगर-१ धुलाबारी झापा, नेपाल Emil :- udgaralbum@gmail.com

अहिले नेपालको समय

ब्लग भ्रमण सूचक

आजको दिन

  © This blog Template is developed by http://samawartan.blogspot.com/ 2010