वालापनमा मान्छे सबै थोक बन्दोंरहे छ, यही वालापानको सोख भनु अथवा साहित्य प्रतिको अप्रत्क्क्ष झुकावले मलाई मनभित्र तरंगीएका भावहरुलाइ लिपिबद्द गरी संगालने रौस चल्यो, कहिले खेतीपातीको कम गर्दा होस त कहिले वनजंगलमा घासपत गर्दा होस, ती वरिपरीका प्रकृतिसंग म धेरै नजिक हुन पुगे, यिनै मेरा साथी बने , दैनिक जीवनका क्रियाकलाप संगै वरिपरीका प्रकृतिसंगको संवादलाइ लिपिबद्द गर्दै जाने क्रममा एउटा संग्रह बन्न पुगेछ अनि आफ्नै गाऊकी एउटी दौतरी संगको माया प्रीतिमा पिरोलिदा ती पीर र भावहरु पनि यसै माझ मिसाउदा तयार भए छ "आशु र मुस्कान"
प्रियसीको वियोगमा डुबेर कही आशु झारना पुगिएछ, त कही प्रकृतिका मनहर छटासंग अट्टा हस हासो संगै मुस्कुराउन पुगिएछ/ त्येही मैले यथाथ जीवनमा भोगेका भोगाइ हो यो "आशु र मुस्कान" / यस् पुस्तक भित्रका हरेक सब्दहरुमा तपाईले मेरो जीवनमा भोगेका यथार्थ आशु र मुस्कान पाउनु हुने छ, अनुभाव गर्नुहुने छ ।
गीतका शब्दहरु ति जीवन भोगाइका क्रममा तायार भयो। अब यसलाई प्रकाशन गर्ने चुनौती भने मेरो लागी जो निम्न परिवारमा जन्म्यो र अध्यनरत थियो, दिवा सपना भयो। त्यों मेरो दिवा सपनालाइ बरिष्ठ साहित्यकार पुष्पालता आचार्यजीले पूर्ण गारीदिनु भयो मेरो गीतहरुलाइ "आशु र मुस्कान" नामक आधुनिक गीति संग्रहको रुपमा प्रकाशन गरेर उहा प्रति म जीवनभर आभारी रहने छु ।
उहा मात्र हैन, यो सफलतामा मेरा कही साथी संगीनिहरु छन, जसलाई मैले यहाँ नाम छुटाए भने यो मेरो लेखकीय अपूर्ण हुने छ। ति साथीहरु हुन् तपन बाराइली र उत्तम खडका जसले मलाई सधै साहित्य सृजनामा अभीप्रेरित गरिरहे । अनि मेरो बुबाआमा जसले म सधै ठुलो मान्छे बनेको हेर्ने सपना राखे, चेतनशील युवा परिवारका साथीहरु जो मेरो रक्तसंचार बनीरहे। अनि उनी जसको कारनले यो पुस्तक हजूर हरुको हाथमा छ।
No comments:
Post a Comment