कौडी नाछाडने सम्पतिको अंध भक्त बनी, पुरखाको आदर्श भूली सकेको
बिवश नारिलाई बिवाश्तामा अर्धनग्न्ना परी, कतै नारी अस्तितो बिर्सिसकेको
दुर्गन्ध, अस्व्छ र धुवा धुलो मात्र, तर पनि महान छ मेरो काठमांडू
एक छिमेकीले अर्को छिमेकी नाचिन्ने, कतै मानवता हराइ सकेको
छेउमा लडेर चीत्कार छोड़ी रोएको न सुनने, कतै करुना गुमैसकेको
कोलहल, बिय्स्त र जल झेल मात्र, तर पनि महान छ मेरो काठमांडू
राजादेखि रैत्ती सम्मलाई पौठाजोरी खेलने, कतै राष्टियता बिलाईसकेको
कृतिम आदर्शको ठूला ठूला महल ठाडाएरा, कतै सव्यता पिल्सैसकेको
रुष्ट, कष्ट र कृतिम मात्र, तर पनि महान छ मेरो काठमांडू
मठ मन्दिर प्रेम प्रेमिकाको लुकामारी खेलने बनेर, कतै मर्यादा खियाइसकेको
धार्मिक आस्ता पुंजका नदीमा मल डल समिश्रण गारी, कतै धार्मिक मह्त्व सेलैसकेको
नास्तिक, अधर्मी र अस्वच्छ मात्र, तर पनि महान छ मेरो काठमांडू
कयऔलाइ लुटी सड़कको पेटीमा पुर्याउने, कतै स्वयमबोध चिपलाई सकेको
अझै हाथमा पासो बोकी नया सिकारको खोजीमा, कतै पुरुसोततो चिपलाई सकेको
अशांति, रैप र आतताई मात्र, तर पनि महान छ मेरो काठमांडू
लेखक :- धर्मेन्द्र खडका
मिति ;- २०६०/०५/२०
स्थान :- मैती देवी काठमांडू
सुताइ सम्बन्धि पूर्वीय दृष्टिकोण !!!
-
सुताइ सम्बन्धि पूर्वीय दृष्टिकोण !!! १. सुनसान र बसोबास नभएको घरमा एक्लै
सुत्नु हुँदैन। देव मन्दिर र श्मशानमा पनि सुत्नु हुँदैन। (मनुस्मृति) २.
सुतेको व्यक...
1 year ago
No comments:
Post a Comment