थोपा थोपा भै बग्ने, अंजुलीको पानी सरी
फक्रिएको फूललाई के थाहा, झर्नु पर्ने पतकर बनी
जीवन हो समय चक्र, आज जे छ हुन्ना भोली
मीठा मीठा यादहरु, हुन्छन् मात्र जीवन पछि
थाहा नपाई बिलौने जीवन, पानी को फोका बिलाए सरी
फक्रिएको फुललाई के थाहा ................................
एउटा सपना जीवनको नि, फक्रीको फूलको जस्तै हुन्छा
जानी नजानी यो संसारमा जसो तासो जिवनै पर्छ
जत्ती जत्ती बुझे यत्ति, जिवन रे छ घामपानी
फक्रिएको फूललाई के थाहा ...................................
सब्द रचना धर्मेन्द्र खडका
No comments:
Post a Comment