दुखैमा हासे सुखको मौसम पर्दैन पर्खिन

जीवनमा कहिले अशुहरु हासो बिनै झर्छ
अमुल्य जीवन व्यर्थ बिताई आखिर एकदिन मर्छ
मर्नु नै मात्र जीवन भए पशु पनि ता मर्छ
मनुष्य भएको के अर्थ भो दैव!छक्क पर्छ

मर्नु र मर्नु जीवन हैन जीवनको लछ्य पनि
संसारमा सधै जिवितै रहिन छ अटल अमर बनि
दुनियामा त्येही बन्दछ ज्ञानी हुद्छ त्यहिँ धनि
चादीको माटो सुनको बाला उमार्छ पौरखले खानी

तेन्जिंगलाइ कसले लगायो कर सगरमाथमा चढन
भक्ति थापालाई के को खाचो अगाडी बढी मर्न
बुद्धलाइ किन परेको हत्तार संसारमा शान्ति छर्न
सीतालाई कसको कर थियो आदर्श नारी बन्न

मानिसलाई सधै मानिस जस्तो व्यवहार गर्न सिक
आफ्नो सम्झे आफ्नै हुन्छ आफ्नो मान्न सिक
जीवन यस्तै धमिलो खोला नमान कहिले दिक्क
दुखमा पनि हास्न सिक सुखमा बन ठिक्क

दुखले सधै सुखको निम्तो आएको हुन्छ दिन
सायमी बनि लडदै जउ आउनेछ सुख कुनै दिन
परिछा हाम्रो जीवनभरी आउद छ दुख लिन
दुखैमा हासे सुखको मौसम पर्दैन पर्खिन

No comments:

Post a Comment

मेरो अनुरोध

प्रिय, ब्लग अवलोकनकर्ता ज्युहरु,सर्बप्रथम ब्लग अवलोकन गरिदिनु भएको मा आभारी छु/ यो बिशुद्ध सामाजिक ब्लग हो, र यशमा आफ्ना सूचना संदेशहरु सभ्य शब्दमा लेखिदिइ सब्यताको परिचय दिनुहोला / तपाईहरुलाइ यो ब्लग कस्तो लग्यो ? सल्लाह र सुझावको लागि यो ठेगानामा सम्पर्क गर्नुहोला / धन्यवाद ... धर्मेन्द्र खड्का, मेचीनगर-१ धुलाबारी झापा, नेपाल Emil :- udgaralbum@gmail.com

अहिले नेपालको समय

ब्लग भ्रमण सूचक

आजको दिन

  © This blog Template is developed by http://samawartan.blogspot.com/ 2010